logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:58 AM

  • पर्यटक भ्रमणका लागि काठमाडौँ-भियतनाम दुई चार्टर्ड उडान, कति लाग्छ खर्च ?

    पर्यटक भ्रमणका लागि काठमाडौँ-भियतनाम दुई चार्टर्ड उडान, कति लाग्छ खर्च ?


    पर्यटन नेपाल

    बुधबार, ३० साउन २०८१


    काठमाडौँ । काठमाडौँ-भियतनाममा दुई ओटा चार्टर्ड उडान हुने भएको छ ।

    १६ अक्टोबरदेखि ५ दिनका लागि नेपाल-भियतनाम र भियतनाम-नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो ।

    १६ अक्टोबरदेखि थप दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्न लागेको रुप्से होलिडेजले जनाएको छ ।

    भियतनामबाट नेपाल आउने पर्यटकले भक्तपुर, नगरकोट, काठमाडौँ दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गर्न पाउने छन् भने नेपाली पर्यटकले भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा घुम्न पाउँने भएको छन् ।

    भियतनाम भ्रमणका लागि १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरिएको छ ।

    सो रकममा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

    नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend