logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:09 PM

  • नेपाललाई कुनै जानकारी नै नदिई भारतीय प्रधानमन्त्री मोदी निस्किए कालापानी क्षेत्रको भ्रमणमा

    नेपाललाई कुनै जानकारी नै नदिई भारतीय प्रधानमन्त्री मोदी निस्किए कालापानी क्षेत्रको भ्रमणमा


    पर्यटन नेपाल

    बिहिबार, २५ असोज २०८०


    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रको भ्रमणमा निस्किएका छन् ।

    प्रधानमन्त्री मोदी हेलिकोप्टर चढेर आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा भ्रमणका लागि आएका हुन् ।

    उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भू–भाग पनि समेटिएको छ । तर भारतले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

    उनले आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्ने कार्यक्रम रहेको छ । साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ ।

    भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी लगायत पनि कालापानी क्षेत्रको भ्रमणमा छन् ।

    मोदीले सामाजिक सञ्जाल एक्समा पिथौरागढमा परियोजनाहरूको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग संवाद गर्ने उल्लेख गरेका छन् । आफ्नो यो भ्रमणको आध्यात्मिक महत्त्व भएको पनि उनले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend