logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:45 AM

  • गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाकाे मृत्यु 

    गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाकाे मृत्यु 


    पर्यटन नेपाल

    बिहिबार, ३१ साउन २०८१


    काठमाडौँ । भक्तपुरकाे गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालककाे मृत्यु भएकाे छ ।

    ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

    ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।

    अहिले प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ । हाल गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।

    अहिले सवारी आवागमन प्रभावित भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend