logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मुल्य, कुन ठाउँमा कति ?

    घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मुल्य, कुन ठाउँमा कति ?


    पर्यटन नेपाल

    बिहिबार, ३१ साउन २०८१


    काठमाडौँ । पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटेको छ ।

    नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटेको छ ।

    काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको छ ।

    त्यस्तै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

    सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ ।

    घटेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend