logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • आज यी प्रदेशमा भारी वर्षा

    आज यी प्रदेशमा भारी वर्षा


    पर्यटन नेपाल

    बिहिबार, ६ भाद्र २०८१


    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा रहेको छ ।

    बिहिवार (आज) बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    मधेश, कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भईरहेकाे छ ।  बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जनच/ट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    त्यस्तै आज दिउँसो देशभर साधारणतया बदली रहि सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend