गुल्मी । रेसुङ्गा विमानस्थलबाट नियमित उडान पुनः सुरु भएको छ ।
असार दोस्रो सातादेखि उडान बन्द भएको विमानस्थलबाट झण्डै २ महिनापछिउडान सुरु भएको हो ।
अब मौसमको अवस्था हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्न लागिएको हो । हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेदेखि उडान भएको थिएन् ।
रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६ः३० बजे र काठमाडौँका लागि बिहान ७ः४५ बजे उडान हुने गरेको छ ।
आजदेखि नेपाल एयरलाइन्सको ट्वीनअटर जहाजले उडान सुरु गरेको हो । आज काठमाडौँबाट १२ जना यात्रु रेसुङ्गा पुुगेका छन् ।
हाल गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा तोकिएको छ ।