logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • मिस नेपाल इन्टरनेशनल राउत र स्वास्थ्यमन्त्री पौडेलको भेट

    मिस नेपाल इन्टरनेशनल राउत र स्वास्थ्यमन्त्री पौडेलको भेट


    पर्यटन नेपाल

    शुक्रबार, ७ भाद्र २०८१


    काठमाडौँ । मिस नेपाल इन्टरनेशनल २०२४, करुणा राउतले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरी प्रजनन् स्वास्थ्यका विषयमा छलफल गरेकी छन् ।

    पुलचोकस्थित मन्त्री निवासमा भएको भेटमा राउतले ग्रामीण क्षेत्रमा महिलाको प्रजनन् स्वास्थ्यका क्षेत्रमा आफूले गर्न लागेको कामबारे जानकारी गराएकी थिइन् ।

    राउत दुई महिनापछि जापानमा आयोजना हुन लागेको मिस इन्टरनेशनलमा भाग त्यसतर्फ जाँदै छिन् । त्यसअघि उनले दिगो विकासका लक्ष्यअन्तर्गत ब्यूटी विथ प्रपोज विधामा नेपालको दुर्गममा महिलाको प्रजनन् स्वास्थ्यका विषयमा सेवामूलक कार्यक्रमको तयारी गरेकी छन् ।

    भेटका क्रममा स्वास्थ्यमन्त्री पौडेलले राउतले सुरु गर्न लागेको उक्त कार्यक्रमका लागि शुभकामना दिँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    मन्त्री पौडेल र राउत दुवै तनहुँबासी हुन् । अष्ट्रेलियामा रजिस्टर्ड नर्स राउत हालै सम्पन्न मिस नेपाल प्रतियोगितामा भाग लिन स्वदेश फर्केकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend