रुकुमपश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर आकस्मिक अवतरण भएकाे छ
आइतबार दिउँसो ३:२५ बजे आठबिसकोट नगरपालिका ९ राडिस्थित रंगशालामा हेलिकोप्टर आकस्मिक अवतरण भएको हो ।
डोल्पाबाट सुर्खेतका लागि उडेको सिम्रिक एयरको (कलसाईन नाईन एन-एकेडी) हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो ।
उक्त हेलिकप्टर रुकुम पश्चिमको आठबिसकोटमा अवतरण भएको छ ।
उक्त हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित पाँच जना रहेको बताइएको छ । हेलिकप्टरमा मुख्यमन्त्री कँडेलका श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक सवार थिए ।