logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • ओटिए प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा, हवाई टिकट र सहासिक गतिविधिको बुकिङ मोबाइल एपबाटै

    ओटिए प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा, हवाई टिकट र सहासिक गतिविधिको बुकिङ मोबाइल एपबाटै


    पर्यटन नेपाल

    मंगलबार, १८ भाद्र २०८१


    काठमाडौँ । अनलाइन ट्राभल एग्रीगेटर (ओटिए) प्लेटफर्म ‘ट्रिप टर्बो’ सन्चालनमा आएको छ ।

    प्लाटफर्ममार्फत सेवाग्राहीले मोबाइल एपबाटै ट्राभल एण्ड टुर्ससँग सम्बन्धित विभिन्न सेवा लिन सक्ने भएका छन् ।

    एपमार्फत हवाई टिकट बुकिङ, साहसिक पर्यटनसँग सम्बन्धित गतिविधि, बस टिकट, होटल बुकिङ लगायतका सुविधा लिन सकिने ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईंले बताए ।

    साहसिक पर्यटनतर्फ र्‍याफ्टिङ, बन्जी, प्याराग्लाइडिङ, हट एयर बेलुन, जिपलाइन, आइस स्केटिङ लगायतका थुप्रै गतिविधिका लागि टिकट बुक गर्न सकिन्छ ।

    ट्रिप टर्बो पाँच दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील नटराज टुर्स एण्ड ट्राभल्सको सिस्टर कम्पनी हो ।

    ट्रिप टर्बोमार्फत हवाई टिकट बुकिङ गर्दा पहिलो टिकटमा ३ सय रुपैयाँ र त्यसपछिका टिकटमा २ सय रुपैयाँ छुट समेत पाइने बताइएको छ ।

    परिक्षणका रुपमा २०२४ जनवरीबाट सुरू गरिएको यो एप अब भने पुर्ण रुपमा सन्चालनमा आएको हो ।

    एपमार्फत कुनै पनि सेवा लिँदा इसेवा, खल्ती, मोबाइल बैंकिङ, अन्तराष्ट्रिय कार्ड (भिजा, मास्टर कार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस) मार्फत भुक्तानी गर्न सकिनेछ ।

    प्रसाईंका अनुसार सेवा प्रदायक र सेवाग्राहीबीचको दूरी कम गर्न पर्यटन क्षेत्रलाई थप टेवा पुर्‍याउन तथा नेपाली सँस्कृति र इतिहासको संरक्षणका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एपमार्फत विभिन्न सेवा प्रदान गरिएको हो ।

    ट्रिप टर्बो एपमार्फत निकट भविष्यमा अन्तराष्ट्रिय हवाई उडानको टिकट, अन्तराष्ट्रिय होटल बुकिङ लगायतका सुविधा थप गरिने बताइएको छ । एप्पल प्रयोगकर्ताले एप स्टोर र एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्न सक्छन् । अथवा ट्रिप टर्बोको आधिकारिक वेबसाइट(tripturbo.com)मा लग इन गरेर पनि आफुले चाहेको सेवा लिन सकिन्छ ।

    https://tripturbo.com/?fbclid=IwY2xjawFD3ipleHRuA2FlbQIxMAABHYHF5hosOks2vhVf3xUE3LJYi2fd3EEUylu1GolKOgefydbxsBDQg8Nk3A_aem_UoGh7Fqgpku07Shuxf5YCQ

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend