logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते

    मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते


    पर्यटन नेपाल

    शनिबार, २७ असोज २०८०


    काठमाडौँ । आज बिहान मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना भएको छ।

    लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन–एएनजे’ कलसाइन भएको हेलिकप्टर शनिबार बिहान खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको हो।

    नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर ७:२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो। दुर्घटनामा परी पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन्। हेलिकप्टरमा उनी एक्लै थिए।

    दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई उद्दार गर्न फिस्टेल एयरको नाइनएन एजेआर कलसाइनको हेलिकप्टर गएको थियो। उनलाई काठमाडौँ ल्याइ उपचारका लागि ह्याम्स अस्पताल लगिएको छ ।

    मौसम ठिकै थियो। तर के कारण दुर्घटना भयो भन्ने बारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend