logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:55 AM

  • दीपकराज जोशी पर्यटन बोर्ड सीईओमा नियुक्त

    दीपकराज जोशी पर्यटन बोर्ड सीईओमा नियुक्त


    पर्यटन नेपाल

    बिहिबार, २० भाद्र २०८१


    काठमाडौँ। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् ।

    पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको हो ।

    जोशी चार वर्षका लागि सीईओ नियुक्त भएका हुन् ।

    खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । उनी २० मध्ये तीन प्रतिस्पर्धीको सूचीमा जोशी थिए ।

    अन्तिम प्रतिस्पर्धामा निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend