काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयर हेलिकप्टरको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ।
तीन महिनाको अवधीमा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले कम्पनीको एओसि निलम्बन गरेको हो ।
लुक्लाबाट उडेको ‘एन–एएनजे’ कलसाइन भएको मनाङ एयरको हेलिकप्टर आज बिहान ७स्२५ बजे खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो।
सो दुर्घटनापछि प्राधिकरणले मनाङ एयरको एओसी निलम्बन गरेको हो।
सम्बन्धित समाचार : मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते