काठमाडौँ । बन्दीपुर केबलकार १५ दिनका लागि बन्द हुने भएको छ ।
सोमबार (भोलि)देखि १५ दिनको लागि केबलकार बन्द हुन लागेको हो ।
वार्षिक मर्मत सम्भार गर्नका लागि केबलकार बन्द हुन लागेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ ।
केबलकार बन्द भए पनि स्काई साइक्लिङ, जिपलाइन र रेस्टुरेन्ट भने खुला रहने बताइएको छ ।