काठमाडौँ । सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।
त्रिभुवन विमानस्थलबाट आज बिहान उडेको श्रीमा प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् । आज बिहान ८ बजे श्री एयरलाइनसको श १२१ विमान सुर्खेतका लागि उडेको थियो।
अहिले यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ ।