logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामा लगातार पाँच दिन उडान भर्ने

    नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामा लगातार पाँच दिन उडान भर्ने


    पर्यटन नेपाल

    आइतबार, २८ असोज २०८०


    काठमाडौँ । नेपाल एयरलाइन्सले कर्णालीका चार जिल्लामा लगातार पाँच दिन उडान गर्ने भएको छ ।

    हुम्ला र मुगुमा मङ्गलवारदेखि शनिवारसम्म र डोल्पा, जुम्ला र बाजुरामा मङ्गलवारदेखि शुक्रवारसम्म उडान हुने भएको हो ।

    एयरलाइन्सको हवाई टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर लिन सकिने छ । यात्रु चापका कारण हुम्ला र मुगुमा पाँच उडान राखिएको हो ।

    यस अघि एयरलाइन्सले कर्णालीका एउटा जिल्लामा हप्तामा कतै एक र कतै दुई दिन उडान गर्दै आएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend