logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • नेपाल पर्यटन केन्द्रीय सहकारी संघ अध्यक्षमा चन्द्र रिजाल चयन

    नेपाल पर्यटन केन्द्रीय सहकारी संघ अध्यक्षमा चन्द्र रिजाल चयन


    पर्यटन नेपाल

    आइतबार, ३० भाद्र २०८१


    काठमाडौँ । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको अध्यक्षमा चन्द्र रिजाल चयन भएका छन् ।

    रिजाल ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष र नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष पनि हुन् ।

    शनिबार सम्पन्न संघको ११औं वार्षिक साधारण सभाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति गठन गरेको हो ।

    संघको नयाँ समितिको उपाध्यक्ष टिकाराम भट्टराई, महासचिव तेजबहादुर बोहोरा, सचिव ज्ञानमणि न्यौपाने र कोषाध्यक्ष तेजबहादुर खड्का चयन भएका छन् ।

    सञ्चालक सदस्यहरूमा रुपेश तिमल्सिना, बिकेशकुमार श्रेष्ठ, हरिशरण गिरी, प्रमोद घिमिरे, चित्रकुमार श्रेष्ठ, बेबीराज भण्डारी, नेप्लुमाया भट्ट जिरेल, नरबहादुर महतो, शम्भुप्रसाद शर्मा र जगबहादुर शाह चयन भएका छन् ।

    लेखा समिति संयोजकमा बुद्धिमान विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा अर्जुन नेपाल र राजन रिमाल चयन भएका छन् ।

    साधारण सभाले वार्षिक बजेट र प्रतिवेदन समेत पारित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend