logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • यस्तो छ आजको मौसम, यी स्थानमा भारि वर्षा

    यस्तो छ आजको मौसम, यी स्थानमा भारि वर्षा


    पर्यटन नेपाल

    सोमबार, ३१ भाद्र २०८१


    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आइतबार दिउँसो र राति देशका अधिकांश भूभागमा मध्यदेखि भारी वर्षा भयो ।

    सोमबार (आज) बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

    मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तर अर्थात् नेपालतर्फ छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ।

    यस्तै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मौसममा देखिएको छ । राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    आज राति कोशी प्रदेशका तराई तथा मधेश प्रदेशमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend