काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चंगा, ड्रोन र बेलुन उडाउन निषेध गरिएकको छ ।
नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो ।
विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाउने कार्य तथा लेजर लाइटले उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै यस्तो निर्णय गरेको हो ।
प्राधिकरणले जारी गरेको सुचनामा भनिएको छ, ‘यस किसिमका गतिविधि एवम् क्रियाकलाप नगर्न, नगराउन हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। साथै कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा समेत यसै सूचनामार्फत् सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’