काठमाडौँ । पहिलो पटक भियतनामबाट ठुलो सङ्ख्यामा पर्यटक नेपाल आउने भएका छन् ।
नेपालको पर्यटन इतिहासमा नै पहिलो पटक तीन दिन जहाज चार्टर्ड गरी ठुलो सङ्ख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको हो ।
आगामी अक्टोबर २१, २५ र २९ मा हिमालय एयरलाइन्सको एयरबस ए ३२० विमान चार्टर गरेर भियतनामबाट पर्यटक नेपाल आउने भएका हुन् । पर्यटकले काठमाडौँ, पोखरा, लुम्बिनीलगायत स्थानको भ्रमण गर्ने बताइएको छ ।
भियतनाममा करिब १५ प्रतिशत जनसङ्ख्या बौद्ध धर्मावलम्बी छन् । केही पर्यटक नेपालका विभिन्न बौद्ध चैत्य भएका छन् । नेपाल–भियतनाम चार्टर उडान भइरहँदा नेपालबाट पनि उल्लेख्य पर्यटक भियतनाम जाने भएका छन् ।
नेपालबाट भियतनाम जान चाहने पर्यटकका लागि रुप्से होलिडेजले एक लाख २० हजार रुपैंयाको विशेष टुर प्याकेज समेत सार्वजनिक गरेको छ । यो प्याकेजमा चार रात पाँच दिनको भियतनामको हनोईमा बसाई, विभिन्न आकर्षक गन्तव्यको घुमाई, एक दिने क्रुज, भिसा तथा दुईतर्फी हवाई टिकट सम्मिलित छ ।