logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:56 PM

  • ४५ औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न संस्था र व्यक्तिहरुलाई सम्मान

    ४५ औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न संस्था र व्यक्तिहरुलाई सम्मान


    पर्यटन नेपाल

    शुक्रबार, ११ असोज २०८१


    काठमाडौँ । ४५ औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

    विभिन्न विधागत क्षेत्रअनुसार हिमालय इन्काउन्टर प्रा. लि. सीता वल्र्ड ट्राभल प्रा. लि.,एभरेस्ट हस्पिटालिटी एण्ड होटल, हिमालन स्काइ ड्राइभ प्रा.लि. नेपाल वायुसेवा निगम , अमेरिकी राजदूतावास ,सिन्तामणी रिसोर्ट मुस्ताङलाई सम्मान गरिएको थियो ।

    यस्तै स्व. शेर बहादुर पाण्डे र स्व. अम्बिका श्रेष्ठलाई  (मरणोप्रान्त) सम्मान गरिएको छ । सम्मानित हुने अन्य व्यक्ति तथा संस्थाहरुमा होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह , नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारी, नीमा रिन्जी शेर्पा, फुन्जो झान्बो लामा, पूणिमा श्रेष्ठ, रेस्क्यु छिरिङ पान्डे भोटे, आङ्टासी शेर्पा ,क्याप्टेन विवेक खड्का, रविन्द्रमान सिंह प्रधान, सि छुई, सरोज भाटिया, फुर्पा शेर्पा, निम बहादुर मगर, मीन बहादुर भाम, बुद्ध एअर, प्रिप्रहर सामुदायिक होमस्टे ग्राम नवलपरासी रहेका छन् ।

    यसैगरी टानले सबैभन्दा बढि टिक्स कार्ड बेच्ने पाँच वटा कम्पनीलाई पनि सो अवसरमा सम्मान गरिएको छ । सम्मानित हुने कम्पनीहरुमा रोयल माउण्टेन प्रा. लि., रााइका टुर्स एण्ड टे्रक, इन्टरनेशनल टे्रर्कस, थ्रि सिस्टर्स एडभेन्चर र डिभाइन इन्टरनेशनल रहेका छन् ।

    यसैगरि गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपालले तीन वटा होमस्टेलाई वर्ष पर्यटन गाउँ घोषणा गरेको छ ।

    जसमा संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका ३ त्रिवेणी बजारमा अवस्थित सभापोखरी सामुदायिक होमस्टे, धादिङ्ग जिल्लाको वेनीघाट रोलाङ्ग गाँउपालिका ८ चैलिङ्ग गाँउ स्थित चैलिङ्ग सामुदायिक होमस्टे, गल्मी जिल्लाको चन्द्रकोट गाँउपालिका वडा नं ४ स्थित टिमुरे सामुदायिक होमस्टे रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend