logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   12:41 AM

  • उत्तरी गोरखाको साम्दोमा हिमपातका कारण अड्किए पर्यटक

    उत्तरी गोरखाको साम्दोमा हिमपातका कारण अड्किए पर्यटक


    पर्यटन नेपाल

    शनिबार, १२ असोज २०८१


    गोरखा । उत्तरी गोरखाको साम्दोमा हिमपातका कारण पर्यटकहरू राेकिएका छन् ।

    शुक्रवार रातिदेखि परेकाे हिमपातका कारण स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ ।

    हिमपात भएसँगै लार्के पासका लागि गएका पर्यटकहरु साम्दोमै रोकिएका छन् ।

    आधा फिटदेखि एक फिटसम्म परेको हिउँले पदमार्ग नै ढाकेको छ । हिउँ पर्ने मौसम सुरु हुनु अगावै असोजमा हिउँ परेको यो पहिलो पटक हो ।

    सशस्त्र प्रहरीकाे टाेलीले हिउँ पन्छाउदै छ । हिमपातसँगै चिसो बढेकाले स्थानीयहरु घर भित्रै आगो तापेर बसेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend