logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • ९६ हजार बढि पर्यटकको आगमन, सबै भन्दा धेरै कहाँबाट आए ?

    ९६ हजार बढि पर्यटकको आगमन, सबै भन्दा धेरै कहाँबाट आए ?


    पर्यटन नेपाल

    शुक्रबार, १८ असोज २०८१


    काठमाडौँ । गत महिना ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका छन् ।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअुसार पर्यटकीय सिजन सुरू भएसँगै पर्यटक आगमन बढेको हो ।

    सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ।

    अघिल्लो महिना अगष्टमा ६७ हजार १५३ पर्यटक भित्रिएका थिए ।

    यसपालि घुम्न आउनेमध्ये सबैभन्दा धेरै २२ हजार ९८४ भारतीय पर्यटक रहेका छन् ।

    बंगलादेशबाट ४ हजार १०३, जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन् ।

    त्यस्तै, अमेरिकाबाट १० हजार, चीनबाट ८ हजार, अस्ट्रेलियाबाट ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९१५, बेलायतबाट ४ हजार ४९३ पर्यटक आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend