logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:02 AM

  • विपद र चाडसँगै आएकाले हवाई चाप बढेको हो : मन्त्री पाण्डे

    विपद र चाडसँगै आएकाले हवाई चाप बढेको हो : मन्त्री पाण्डे


    पर्यटन नेपाल

    शुक्रबार, १८ असोज २०८१


    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएकाले हवाई चाप बढेको बताएका छन् ।

    शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औँ वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

    ‘विपद र महान चाडहरूसँगै आएकाले हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भन्ने कुरामा हामी निरन्तर काम गरिरहेका छौं,’ उनले भने ।

    मन्त्री पाण्डेले यात्रुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको बताए ।

    उनले पर्यटन मन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरू परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरू बनाएर सुदृढीकरण गर्ने बताए ।

    मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ, संस्थाहरूले सत्य, तथ्य कुरा मात्रै पस्कनु पर्नेमा जोड दिए ।

    मन्त्री पाण्डेले नेपालको हवाई आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend