logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • पठाओ वार्षिक सम्मानमा ३९ जना सम्मानित, १५ जनालाई पठाओ‌ बेनिफिट कार्यक्रमको सहयोग

    पठाओ वार्षिक सम्मानमा ३९ जना सम्मानित, १५ जनालाई पठाओ‌ बेनिफिट कार्यक्रमको सहयोग


    पर्यटन नेपाल

    आइतबार, २० असोज २०८१


    काठमाडौँ । पठाओ नेपालले पठाओ दशैँ महोत्सव २०८१ तथा वार्षिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    काठमाडौँमा ‘पठाओ वार्षिक सम्मान कार्यक्रम २०८१’ आयोजना गर्दै पठाओले पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्बोधन गरेको कम्पनीका प्रबन्ध निर्देशक असिम मानसिंह बस्न्यातले बताए ।

    मानिसको दैनिकी तथा जीवनयापनमा सहज बनाएको भन्दै पठाओलाई विभिन्न व्यक्तित्वहरू मार्फत धन्यवाद आइरहेको उनले बताए । उनले यसको सबै श्रेय आफ्ना मेहनती तथा लगनशील चालक, क्याप्टेन तथा हिरोहरुलाई जाने बताए ।

    कार्यक्रममा कम्पनीले फरक क्षमता भएका चालकहरूलाई उनीहरूको साहस र योगदानका लागि सम्मान समेत गरेको छ ।

    पठाओ नेपालले उत्कृष्ट चालकहरूलाई विभिन्न वर्गमा सम्मानित गरेको छ। सबैभन्दा कान्छा चालक सुमन बाबु मगरातीले ‘द राइजिङ राइडर अवार्ड’ पाएका छन् । यस्तै प्रेम बहादुर खड्काले बेस्ट पफर्मर भई ‘द स्टार मेल राइडर अवार्ड’ पाएका छन्। तीर्थ बहादुर बिष्टले हाइएस्ट राइड लिएका कारण द टायरलेस राइड अवार्ड पाएका छन् ।

    कम्पनीका अनुसार सुदन अधिकारीले सबैभन्दा बढी रेटिङ पाएर ‘युजर्स फेभराइट राइडर अवार्ड’ पाएका छन् । बिमल श्रेष्ठले द लङ्गेस्ट इन प्ल्याटफर्म भएका कारण ‘द भेटेरन राइडर अवार्ड’ पाएका छन् । साथै श्यामबहादुर चौधरीले नो सस्पेन्सनका कारण द अनरेबल राइडर अवार्ड पाएका छन् ।

    यस्तै सुमन खड्कीले मस्ट एक्टिभ डेज अर्थात् सबैभन्दा धेरै सक्रिय भएका कारण ‘द डेडिकेटेड राइडर अवार्ड’ पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend