काठमाडौँ । गिता एभिएसनले आयोजना गरेको ‘एभिएसन फुटसल टुर्नामेन्ट’ मा हिमालय एयरलाइन्सले जित हासिल गरेको छ ।
शनिबार आयोजित फुटसल खेलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, एयर नाइनेष्टी हेली सर्भिस, सौर्य एयरलाइन्स, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उड्डयन प्राधिकरण र नेपाल आर्मीका प्रतिनिधिहरू सहभागि थिए ।
नेपालको एभिएसनलाई उत्प्रेरणा जगाउन र एयरलाइन्सबीच पारस्पारिक सम्बन्ध बनाउन कम्पनीले पहिलो पटक फुटसल कार्यक्रमको आयोजना हो ।
खेलको सुरूवात नेपाली फिल्म ‘ज्वाइ जाब’का टीम जितु नेपाल, नीति शाह, बुद्धी तामाङ, हिमेश पन्त र गिता एभिएसनबीच भएको थियो ।
८ वटा समूहबीच भएको फुटसलमा हिमालय एयरलाइन्सका प्रतिनिधिले जीत हसिल गरेको छ ।
जसमा उनीहरूले दुई लाख रूपैयाँ पुरस्कार पाएको गिता एभिएसनले जनाएको छ ।
साथै हिमालय एयरलाइन्ससँग प्रतिस्पर्धा गरेको नेपाल आर्मी फस्ट रनर अप भएको छ । नेपाल आर्मीले पनि एक लाख रूपैयाँ पाएका छन् ।