logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • दशमीसम्म  होटल बाराहीमा दशैँ भोज, कति लाग्छ शुल्क ?

    दशमीसम्म  होटल बाराहीमा दशैँ भोज, कति लाग्छ शुल्क ?


    पर्यटन नेपाल

    शुक्रबार, २५ असोज २०८१


    काठमाडौँ । नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज  सुरु भएको छ ।

    दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए ।  भोजमा भुटुवा, सेकुवा लगायतका मासुका परिकार, सेल रोटी, अचार, बाराका साथै दशैँका विशेष परिकार रहनेछन् ।

    होटल बाराही काठमाडौँमा साँझ साढेँ ५ बाट सुरु हुने डिनर सेट मेनुको रूपमा उपलब्ध हुनेछ । होटेल बाराही पोखरामा दिउँसो साढेँ १२ देखि तीन बजेसम्म बफे लन्च चल्नेछ ।

    पोखरामा लागि प्रति सेटको शुल्क २ हजार रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौँमा भेज सेटको लागि १ हजार ८ सय रुपैयाँ र ननभेज सेटको लागि २ हजार रुपैयाँ तोकिएको छ ।

    दशैंमा बाहिर गएर रमाइलो गरौँ भन्नेहरूका साथै पर्यटकहरूलाई लक्षित गर्दै होटल वाराहीले यस वर्ष दशैं भोज आयोजना गरिएको  थापाले जानकारी दिए ।

    बाराही ग्रुप अन्तर्गत चितवनको मेघौलीमा वातावरण मैत्री लक्जरी रिजोर्ट, चार तारे स्तरको होटल वाराही काठमाडौँ र चार तारे होटल बाराही पोखरा सञ्चालनमा छन् ।

    त्यसै गरी पोखरामा सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच एन्ड बार र व्यञ्जन रेस्टुरेन्ट पनि वाराही ग्रुप अन्तर्गत नै सञ्चालनमा छन् । पोखराकै सेदीमा बाराहीको पाँच तारे होटल निर्माणाधीन छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend