logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • बढ्याे पेट्रोलकाे मूल्य, कहाँकाे मूल्य कति ?

    बढ्याे पेट्रोलकाे मूल्य, कहाँकाे मूल्य कति ?


    पर्यटन नेपाल

    मंगलबार, २९ असोज २०८१


    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ ।

    निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँले बढाएको हो ।

    मूल्य बढेसँगै काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ र बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

    Oplus_131072

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend