logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

    रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध


    पर्यटन नेपाल

    शनिबार, ३ कार्तिक २०८१


    गुल्मी । रेसुङ्गा विमानस्थलमा एक महिनादेखि लगातार उडान अवरुद्ध भएको छ । नेपाल एयरलाइन्सको ट्वीनेटर जहाजले हप्ताको २ दिन बुधबार र शुक्रबार उडान गर्दै आएको छ ।

    खराब मौसमका कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलले जनाएको छ । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका छैनन् ।

    नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन दुई हप्ता दिन मात्रै समय बाँकी छ । यही समयमा वर्ष दिनदेखि टाढा रहेका आफन्तहरु घर फर्किने समय पनि हो ।

    यो समयमा हवाई यात्रामार्फत आफ्नो गनतव्यमा जाने कयौं नेपालीहरु रहेका छन् । तर, अहिले यही समयमा मौसम खराब देखाएर रेसुङ्गा विमानस्थलबाट उडान हुन सकिरहेको छैन् ।

    महत्वपूर्ण चाड पर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिक असन्तुष्ट छन् । रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।

    बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुँदै आएको छ । यसको विकल्प खोज्नु पर्ने स्थानीयको माग छ ।

    वर्षातको समयमा बिग्रेका र नयाँ बाटो विस्तारले बाटोले गर्दा काठमाडौँबाट गुल्मी आउन १२ घण्टाको बाटो अहिले झण्डै २२ घण्टा सवारी साधनमा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ । मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ मिहनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।

    पछिल्लो भदौ महिनामा केहि दिन उडान भएको थियो । तर, अहिले दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वको समयमा लगातार उडान अवरुद्धा हुँदा नागरिकले सेवा लिनबाट बञ्चित भएका छन् ।

    यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ । तर, पछिल्लो केही समयदेखि शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताए । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटन भित्रिन थालेका थिए ।

    अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर-१० को सिमीचौरमा पर्दछ ।

    जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरिएको थियो । गुल्मीबाट धेरै जसो वृद्ध, बिरामी, सुत्केरीलगायतका नागरिकले सेवा लिएको थापाले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend