logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • नेवानिले तिर्‍यो असोज मसान्तसम्म जहाज खरिदको ऋण किस्ता

    नेवानिले तिर्‍यो असोज मसान्तसम्म जहाज खरिदको ऋण किस्ता


    पर्यटन नेपाल

    शनिबार, ३ कार्तिक २०८१


    काठमाडौँ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ ।

    नेवानिले दुइ न्यारो बडी र दुई वाइड बडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो ।

    दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको आंशिक गरी ३० असोजका दिन ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।

    पछिल्लो व्यवस्थापनले नेतृत्वले सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५ सय ३३ रुपैयाँ किस्ता रकम तिरेको नेवानिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend