logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • स्थगन भएका ७ स्थानमा उडान पुन: नियमित सुचारु गर्ने निगमको तयारी

    स्थगन भएका ७ स्थानमा उडान पुन: नियमित सुचारु गर्ने निगमको तयारी


    पर्यटन नेपाल

    मंगलबार, ३० असोज २०८०


    काठमाडौँ । आन्तरिक उडानतर्फ स्थगन भएका ७ वटा ठाउँहरूमा केही दिनभित्रै उडान पुनः सुचारु हुने भएको छ ।

    काठमाडौँ-रेसुङ्गा-काठमाडौँ उडानसहित आन्तरिक ७ गन्तव्यहरूमा छिट्टै उडान नियमित गर्ने तयारी रहेको वायु सेवा निगमले जनाएको छ ।

    दसैँकै मुखमा टिकट काटेका यात्रुहरूलाई समस्या पर्ने गरी निगमले असोज २५ गते एक सूचना जारी गर्दै निगमको आर.ए. १७७/१७८ उडान नम्बरको काठमाडौँ-रेसुङ्गा-काठमाडौँ, आर.ए.१८७र१८८ नम्बरको काठमाडौँ-दाङ–काठमाडौँ, १३७/१३८ नम्बरको काठमाडौँ-खानि डाँडा-काठमाडौँ, १०९.११० नम्बरको काठमाडौँ-भोजपुर-काठमाडौँ उडान अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको जनाएको थियो ।

    यस्तै, निगमको आर.ए.११/११८ उडान नम्बरको काठमाडौँ-फाप्लु-काठमाडौँ, १२९/१३० नम्बरको काठमाडौँ-ताप्लेजुङ-काठमाडौँ र ११३/११४ नम्बर काठमाडौँ-थाम खर्क-काठमाडौँको उडान स्थगन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend