logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   06:06 PM

  • दिल्लीबाट काठमाडौँका लागि उडेको जहाजमा बमको सूचना पाएपछि……..

    दिल्लीबाट काठमाडौँका लागि उडेको जहाजमा बमको सूचना पाएपछि……..


    पर्यटन नेपाल

    मंगलबार, ६ कार्तिक २०८१


    काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँका लागि उडेको जहाजमा बमको सूचना पाएपछि अहिले नेपाली सेनाले ‘सर्च’ गरिरहेको छ ।

    भिस्तारा एयरवेजको जहाज अपराह्न साढे ४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीका अनुसार अहिले बम डिस्पोजल टोलीले विमानस्थलमा ‘सर्च’ गरिरहेको छ । तर अहिलेसम्म कुनै बमको संकेत पाइसकेको छैन ।

    नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बमबारे सूचना भारतीय नम्बरबाट ह्वाट्स एपमार्फत् आएको थियो ।

    भारतीय नम्बरबाट भिस्ताराको ग्राउन्डमा सेक्युरिटी जाँच गर्ने कर्मचारीलाई भिस्ताराको दिल्ली-काठमाडौँको फ्लाइट नम्बर १५५ जहाजमा बम छ भन्ने सूचना आएको थियो ।

    उक्त सूचना दिल्लीबाट उडिसकेको एक घण्टापछि ह्वाट्स एपमा आएको थियो ।

    जहाजमा १५७ जना यात्रुहरू थिए। उक्त जहाजलाई अर्कै ठाउँमा राखिएको छ । अगाडि पछाडि कुनै जहाज वा अन्य गाडी राखिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend