काठमाडौँ । नयाँ दिल्लीबाट आएको भिस्टारा एयरवेजको जहाजमा ‘बम’ राखेको सूचना आएपछि सेनाले चेकजाँच गरिरहेको छ ।
नेपाली सेनाले ह्यान्डब्याग चेक गरेर यात्रुलाई झारिसकेको र अहिले कार्गो तथा लगेज चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
साढे दुई बजे दिल्लीबाट १५७ यात्रु बोकेर आएको विस्ताराको १५५ फ्लाइट नम्बरको जहाज साढे चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
सो जहाजमा बम राखेको भन्दै भिस्ताराका सेकुरिटी स्टाफको मोबाइलमा म्यासेज आएको थियो ।