logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • कोरिया जाने कामदारले खुला बजारबाट हवाइ टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै रिट दायर, बिहीबार पेशी

    कोरिया जाने कामदारले खुला बजारबाट हवाइ टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै रिट दायर, बिहीबार पेशी


    पर्यटन नेपाल

    बुधबार, ७ कार्तिक २०८१


    काठमाडौँ । दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाइटिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ ।

    रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबाट टिकट लिनुपर्दछ । इपीएस शाखाले उक्त ट्राभल्ससँग सम्झौता गरेकाले कामदारले अन्यत्रबाट टिकट खरिद गर्न नपाउने वाध्यात्मक व्यवस्था छ ।

    इपीएस र युनिभर्सल ट्राभल्सबीच भएको सम्झौताले हवाई टिकटमा एकाधिकार भएकाले उक्त सम्झौता कार्यान्वयन नगराउन माग गर्दै रिट दायर भएको छ । रिट उपर बिहीबार पेशी तोकिएको छ ।

    कामका लागि कोरिया जाँदा पहिलो पटक कोरियन एयरलाइन्सको टिकट अनिवार्य खरिद गर्नुपर्दछ ।

    स्वेच्छिक तवरले हवाई टिकट खरिद गर्न पाउने अधिकारबाट युवाहरुलाई वञ्चित गरिएको रिट निवेदनमा उल्लेख गरिएको छ । खुला बजारबाट टिकट खरिद गरी कोरिया जान रोक लगाउने गरी कुनै निर्णय, आदेश, पत्राचार, सम्झौता आदि भएका छन् भने ती निर्णयहरु समेत उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ ।

    अधिवक्ताहरु खगेन्द्र चापागाईं, छिरिङ शेर्पा, यज्ञमणि न्यौपाने, दिपक अधिकारी र कानुनका विद्यार्थी ओमनाथ ठाकुरले रिट दर्ता गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend