logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • नबिल बैंकद्धारा सेयरधनीका लागि लाभांश घोषणा

    नबिल बैंकद्धारा सेयरधनीका लागि लाभांश घोषणा


    पर्यटन नेपाल

    बुधबार, १४ कार्तिक २०८१


    काठमाडौँ । नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

    बैंकको संचालक समिति बैठकले सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    मंगलबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५९१ रुपैयाँ ८० पैसा छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

    यस बैंकको सेयर होल्डरले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने बैंकले जनाएको छ ।

    बैंकले यो पटक घोषणा गरेको लाभांश हालसम्मकै न्यून हो । बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष ११.५ प्रतिशत नगद र १८.५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।

    गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend