logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जनाले पाए अनुमति

    शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जनाले पाए अनुमति


    पर्यटन नेपाल

    बुधबार, १ कार्तिक २०८०


    काठमाडौँ । शरद ऋतुमा हिमाल चढ्न ८८१ जना आरोहीले अनुमति पाएका छन् ।

    पर्यटन विभागका अनुसार शुक्रवारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति दिइएको हो । जसमा ११४ टोलीका ८८१ जना आरोहीले अनुमति पाएका हुन् ।

    जसमा ७०२ जना पुरुष र १७९ जना महिला आरोही रहेका छन् । यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।

    सबैभन्दा बढी मनास्लु हिमालमा २६ टोलीका ३०१ जना यात्रुले आरोहण अनुमति लिएका छन् । जसमा ६५ जना महिला छन् । अमादब्लम हिमालमा १८ टोलीका १९८ जनाले अनुमति लिएका छन् ।

    हिमलुङ हिमालमा १४ टोलीका १११ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । पुठा हिउँचुलीमा ५ टोलीका ३३ जनालाई अनुमति जारी भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    यस सिजनमा विभागले रोयल्टीबाट ५ करोड ७७ लाख ३७ हजार ९९१ रुपैयाँ सङ्कलन गरेको समेत जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend