logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:58 AM

  • अक्टोबरमा एक लाख २४ हजार पर्यटकको आगमन

    अक्टोबरमा एक लाख २४ हजार पर्यटकको आगमन


    पर्यटन नेपाल

    मंगलबार, २० कार्तिक २०८१


    काठमाडौँ । एक लाख २४ हजार पर्यटक नेपाल आएका छन् ।

    पर्यटन बोर्डको तथ्यांकअुसार अक्टोबरमा एक लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका हुन् । त्यस्तै सेप्टेम्बरमा ९६ हजार पर्यटक आएका थिए ।

    नेपालको मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साहजनक नहुँदा सरकारको लक्ष्यमा कठिनाइ हुन सक्ने आङ्कलन गरिएको छ ।

    यो पर्यटकीय सिजन हो । तर गत महिनाको अविरल वर्षाका कारण बाढी र पहिरो जाँदा पर्यटकको आगमन घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

    अक्टोबरमा नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटन भारतका रहेका छन् । भारतबाट अक्टोबरमा १६ हजार ३१३ भारतीय पर्यटक नेपाल आएका छन् ।

    त्यस्तै, अमेरिकाबाट १६ हजार २३, चीनबाट ७ हजार७ सय ५०, अस्ट्रेलियाबाट ६ हजार ९ सय २९, श्रीलङ्काबाट ३ हजार १ सय २५ पर्यटक भित्रिएका छन् ।

    त्यस्तै बेलायतबाट ८ हजार १९, बङ्गलादेशबाट ४ हजार ४ सय ७६, जर्मनीबाट ६ हजार १८, इटालीबाट २ हजार ६ सय ३५ पर्यटक भित्रिएका छन् ।

    यो सिजनमा पर्वतारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend