logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने, बुद्ध एयरले जारी गर्यो‍ निर्देशिका

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने, बुद्ध एयरले जारी गर्यो‍ निर्देशिका


    पर्यटन नेपाल

    मंगलबार, २० कार्तिक २०८१


    काठमाडौँ । काठमाडौँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ ।

    विमानस्थलको स्तरोन्नतिका लागि आगामी शुक्रबार (नोभेम्बर ८) देखि करिब ५ महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको हो ।

    बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिस टु एयर म्यान’ (नोटाम) जारी भएको छ । उक्त नोटाम जारी भएसँगै बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ ।

    विमानस्थलको स्तरोन्नति पछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने बुद्ध एयरले जनाएको छ ।

    बुद्ध एयरसँग धेरै जहाजहरू भए पनि कतिपय अवस्थामा प्रतिकुल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेका छन् ।

    यस्ता कारणले यात्रुहरू टिकटमा उल्लेखित समयमै एयरपोर्ट चेक–इन काउण्टरमा रिर्पोटिङका लागि बुद्ध एयरले अनुरोध गरेको छ ।

    यस्ता छन् बुद्ध एयरले जारी गरेको निर्देशिका

    •  यात्रुलाई हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउण्टरमा रिर्पोटिङका लागि अनुरोध गरेको छ ।
    • उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउण्टर बन्द हुनेछ ।
    • खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ । यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई ‘टिकट रिसेड्युल’ गरिने जनाएको छ ।
    • उडान रद्द भएका टिकटहरूलाई ‘रिफण्ड प्रोसेसिङ’मा हालिनेछ । अनलाइन टिकेटिङको हकमा त्यहीबाट रिफण्ड हुनेछ। यसका लागि ३ देखि ४ दिनको समय लाग्नेछ। त्यसैगरी ट्राभल एजेन्सीबाट टिकट लिएकाहरूले त्यही सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
    • एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध गराइने छैन ।
    • अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुने एयरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend