logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक अन्तर्राष्ट्रिय उडान

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो पटक अन्तर्राष्ट्रिय उडान


    पर्यटन नेपाल

    बिहिबार, २२ कार्तिक २०८१


    काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।

    २०८० असार ६ गते पहिलो पटक चार्टर्ड उडान गरेको उक्त एयरलाइन्सले डेढ वर्षपछि बिहीबार (आज) दोस्रो उडान गरेको हाे ।

    पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो ।

    सिचुवानले एयरबस ३१९ जहाजबाट पोखरामा उडान गरेको हो ।

    यो जहाजले १२० जना यात्रु बोकेर आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend