काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन ओटा एयरलाइन्सले उडान सुरु गरेका छन् । शनिबार (आज) नेपाल एयरलाइन्स, जजिरा एयरवेज र फ्लाई दुबईले उडान सुरू गरेका हुन् ।
नेपाल एयरलाइन्सले आज बाटै काठमाडौँ-भैरहवा-दुबई उडान थाल्दैछ । निगमले आइतबार, सोमबार र बुधबार यो गन्तव्यमा उडान भर्ने छ ।
त्यस्तै आजै १७१ जना यात्रु लिएर आएको जजिरा एक बालकसहित १६८ यात्रु लिएर उडेको छ । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्ने छ ।
जजिराले बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उडान भर्ने छ ।
त्यस्तै फ्लाई दुबईले शनिबार भैरहवामा पहिलो उडान गरेको छ । फ्लाई दुबइको जहाज दिउँसो पौन दुई बजे १७१ यात्रु बोकेर भैरहवा अवतरण गरेको हो ।
फ्लाई दुबईले हरेक दिन दुबई-भैरहवा-काठमाडौँ उडान भर्ने छ ।
यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको सङ्ख्या चार (४) पुगेको छ ।