logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • वायुसेवा निगमले तिर्‍यो जहाज किन्दा लिएको ऋण

    वायुसेवा निगमले तिर्‍यो जहाज किन्दा लिएको ऋण


    पर्यटन नेपाल

    बुधबार, १ कार्तिक २०८०


    काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाज किन्न ल्याएको ऋणको किस्ता तिरेको छ ।

    नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण तिरेको हो ।

    दुई न्यारोबडी जहाजको २०८० असोज महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमले जनाएको छ ।

    यसअघि निगमले २०७९ असारदेखि २०८० असारसम्म ३ अर्व ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend