logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • बन्दीपुरका विद्यालयमा पढाइसँगै ‘हामी सक्छौं हामी गर्छौ’ कार्यक्रम सञ्चालन गरिदै

    बन्दीपुरका विद्यालयमा पढाइसँगै ‘हामी सक्छौं हामी गर्छौ’ कार्यक्रम सञ्चालन गरिदै


    पर्यटन नेपाल

    बुधबार, २८ कार्तिक २०८१


    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकामा पढाइसँगै सिपको विकास गर्ने उद्देश्यका साथ ‘हामी सक्छौं हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०८१र८२ मा वार्षिक कार्यक्रम अनुसार विद्यालयका विद्यार्थीहरूलाई ‘हामी सक्छौं हामी गर्छौं’ कार्यक्रम सञ्चालन गर्न लागिएको बन्दीपुर गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख भीमप्रसाद लामिछानेले बताए ।

    गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम सञ्चालनका लागि कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू कम्तिमा ३० देखि ५० जनाको समूहलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

    विद्यालयले उक्त कार्यक्रममा पेन्टिङ, हाउस वाइरिङ, प्लम्बिङ तथा कपाल काट्ने लगायतका सिपमूलक तालिम कम्तीमा एक महिनासम्म सञ्चालन गर्न सक्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए ।

    विद्यार्थीहरूको लागि गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

    उनले उक्त कार्यक्रमको माध्यमबाट पढ्दै गरेका विद्यार्थीहरू आगामी दिनमा बेरोजगार बन्न नदिन साथै उद्धमशीलताको विकास गरी स्वरोजगार बन्न सक्ने बताएका छन् ।

    उनले भने ‘विद्यार्थीको सिपले व्यवहार परिवर्तन हुनुका साथै अभिभावकको शिक्षामा गर्नुपर्ने आर्थिक लगानीको दायित्व घट्ने विश्वास व्यक्त गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend