logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:53 PM

  • बढ्यो डिजल र मट्टीतेलको मूल्‍य, पेट्रोलको यथावत

    बढ्यो डिजल र मट्टीतेलको मूल्‍य, पेट्रोलको यथावत


    पर्यटन नेपाल

    शुक्रबार, ३० कार्तिक २०८१


    काठमाडौँ । डिजल र मट्टीतेलको मूल्य बढेको छ ।

    नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

    तर, पेट्रोलको मूल्‍य भने बढाइएको छैन । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

    मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०।५० रुपैयाँ कायम भएको छ ।

    यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौँ, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

    हेर्नुहोस् बढेको मूल्य सूची यस्तो छ:

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend