logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • होटेल संघले सञ्चालन गरेको दशैँ परिकार उत्सवमा पर्यटकहरूको उत्साहजनक रुचि

    होटेल संघले सञ्चालन गरेको दशैँ परिकार उत्सवमा पर्यटकहरूको उत्साहजनक रुचि


    पर्यटन नेपाल

    बिहिबार, २ कार्तिक २०८०


    काठमाडौँ । होटेल संघ नेपाल (हान) ले सदस्य होटलहरूमार्फत् सञ्चालन गरेको दशैँ परिकार उत्सवमा पर्यटकहरूको उत्साहजनक रुचि देखिएको छ ।

    पर्यटकीय सिजन भएकाले यति बेला नेपाली परिकार खानाका लागि विभिन्न होटेलहरूमा अग्रिम बुकिङ समेत भइरहेको संघले जनाएको छ ।

    होटेलहरूले दशैँमा खाइने खास गरी थरिथरीका मांसाहारी परिकार पर्यटकहरू माझ आकर्षक छुटका साथ पस्केको छ ।

    घटस्थापनादेखि कात्तिक ११ गते कोजाग्रत पूर्णिमासम्म १५ दिन सञ्चालन हुने सो कार्यक्रमले पर्यटकहरू माझ दसैँ बिदाको रौनक थप्नुका अतिरिक्त रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्य रहेको संघले जनाएको छ ।

    काठमाडौँमा जारी गैर आवासीय नेपालीहरूको विश्व सम्मेलनका संसारभरबाट आएका सहभागीहरू र विदेशी नियोगहरूमा कार्यरत विदेशीहरू, कर्पोरेट ग्राहकहरू र आन्तरिक पर्यटकहरूको समेत उत्सवमा उल्लेखनीय सहभागिता रहेको छ ।

    यस्तो उत्सव झापास्थित होटेल किङ्सबेरी र मेची क्राउन, भैरहवाको टाइगर प्यालेस, मनिग्रामको ड्रिमल्यान्ड गोल्ड रिपोर्ट, बुटवलको ड्रिम इन्टरनेशनल होटेलमा चलिरहेको छ ।

    त्यस्तै, चितवनको जङ्गल सफारी लज, पोखराको होटेल वाराही र काठमाडौँका एयरपोर्ट होटेल, अलफ्ट होटेल, द्वारिकाज होटेल र नेपाली घर लगायतका सदस्य होटेलहरूमा पर्यटक तथा स्थानीयहरूको राम्रो सहभागिता रहेको संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend