काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सि–चेक (विस्तृत मर्मत)पछि काठमाडौं आइपुगेको छ ।
उक्त जहाज सोमबार बिहान ८ः ५२ मा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको निगमले जनाएको छ ।
यो जहाजसहित अब निगमका चार वटै जहाजले निगमको अन्तर्राष्ट्रिय सेक्टरहरूमा नियमित उडान गर्नेछन् ।
जहाज सि–चेकका लागि गत भदौमा निगमले इटाली पठाएको थियो ।