काठमाडौँ । यति एयरलाइन्सले दशैँ, तिहार र छठ पर्वको अवसरमा यात्रुहरूलाई सानदार उपहारहरू दिने घोषणा गरेको छ ।
एयरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत् ‘महोत्सवको बहार, यतिको उडानमा सानदार उपहार’ योजना सार्वजनिक गरेको हो ।
योजनाअन्तर्गत कम्पनीले असोज २८ अर्थात् घटस्थापनादेखि मङ्सिर ७ गते (छठ पर्व) सम्मको अवधिमा यतिमा यात्रा गर्ने यात्रुहरूमध्ये गोला प्रथाद्वारा १ जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो ।
सोही योजनाअन्तर्गत दोस्रो विजेताले थाइ लायनको तर्फबाट जोडीसहित बैंकक टुर र तेस्रो विजेताले एलजीको वासिङ मेसिन र चौंथो विजेताले श्री बालाजी डाइमण्डको तर्फबाट हिराको टप जित्नेछन् ।
साथै, यति मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरूमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्धार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट लस्टे’ पाउनेछन् ।
त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसर्ट प्राइजको रूपमा डिस्काउण्ट भौचर प्राप्त गर्न सक्नेछन् ।
डिस्काउण्ट भौचर दाबी गर्नको लागि भने यात्रुहरूले विमानमा इन फ्लाइट इन्टरटेनमेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दसैँ क्याम्पेन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेस गर्नु पर्नेछ ।
सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरूमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
यो योजना आफ्ना यात्रुहरूबीच खुसी बाँड्न र चाडपर्वलाई थप हर्षोल्लासमय बनाउन ल्याइएको एयरलाइन्सको भनाइ छ । योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत लाइभ गरेर विजेताहरू घोषणा गरिने एयरलाइन्सले जानकारी दिएको छ ।