काठमाडौँ । मनाङ एयरका पाइलट प्रकाश कुमार सेढाईंको निधन भएको छ । गत असोज २७ गते दुर्घटनामा परेका पाइलट सेढाईँको निधन भएको हो ।
उनले चलाएको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट सेढाईंलाई काठमाडौँको ह्याम्स अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो ।
नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत बताएको छ । मनाङ एयरले मंगलबार निधनको पुष्टि गरेको हो ।
दुर्घटनामा उनको शरीरको ५० प्रतिशत भन्दा बढी भाग जलेको बताइएको छ ।