काठमाडौँ । पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल-इन्डिया-चाइना एक्स्पो नाइस-२०२५’ गरिने भएको छ ।
आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्स्पो मेला आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एसाेसिएसन पाटा नेपाल च्याप्टरले जनाएको छ ।
आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्य हुनेछ ।
आगामी फागुन १२ देखि १४ सम्म पोखरामा उक्त एक्स्पो मेला आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एसाेसिएसन पाटा नेपाल च्याप्टरले जनाएको छ ।
आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्य हुनेछ ।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एक सयभन्दा बढी क्रेता, ८० भन्दा बढी विक्रेता, भारत र चीनका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत गरी एक हजारभन्दा बढीको सहभागिता रहनेछ ।
उनले एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठुला अर्थतन्त्र तथा पर्यटन स्रोतबजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवर्द्धन गर्नु रहेको बताए ।
‘नाइस फर माइस एन्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभई माइस पर्यटन अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीका लागि आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने पाटाले आज विज्ञप्तिमार्फत जनाएको छ ।
एक्स्पोका संयोजक सुनील भट्टराईले छिमेकी पर्यटन स्रोतबजार चीन र भारतबाट पर्यटनसम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एवं संघसंस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गर्ने महत्त्वपूर्ण मञ्च बन्ने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरामा हुने कार्यक्रमले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने बताए ।
नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले दुई ठुला पर्यटन स्रोतबजारका क्रेता र विक्रेतालाई जोडेर पर्यटकीय गतिविधि र अनुभव आदान–प्रदान गर्ने सो कार्यक्रम पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नाइस कार्यक्रमलाई विशेष र प्रभावकारी बनाउन सबैको सक्रियता आवश्यक रहेको बताए ।