काठमाडौँ । बुद्ध एयरले शुक्रबार १९ औं एटिआर जहाज भित्र्याएको छ ।
शुक्रवार बुद्धको एटिआर-७२ जहाज आएको हो । बुद्ध एयरले कल साइन एननाइन एओजी जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट ल्याएको हो ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
यससँगै बुद्धसँग अब एटिआर-७२ जहाजको संख्या १६ पुगेको छ । बुद्ध एयरसँग ३ वटा एटिआर-४२-३२० र १६ वटा एटिआर-७२-५०० जहाज छन् ।
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ।
बुद्ध एयरले केही समय अगाडि मात्रै एउटा एटिआर-४२-३२० जहाजलाई उडानबाट बिदाई गरेको थियो ।