logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:05 AM

  • पुस १ गतेदेखि सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान नपाइने

    पुस १ गतेदेखि सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान नपाइने


    पर्यटन नेपाल

    शुक्रबार, २८ मंसिर २०८१


    काठमाडौँ । सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएइको छ ।

    सरकारले जनवरी १ (पुस १७) देखि लागू हुने गरि सगरमाथा क्षेत्रमा रोक लगाएको हो ।

    बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जले उक्त निर्णय जानकारी गराउँदै सबै हेलिकप्टर कम्पनीलाई पत्र पठाएको छ ।

    निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा सुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारीर गैर-सरकारी संघर संस्थाहरूको बैठकले उक्त निर्णय गरेको हो ।

    निर्णयअनुसार अब पर्यटक तथा स्थानीयको उद्दार र मालसामान ढुवानीका लागि प्रयोग गरिने उडान मात्र हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend