logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:45 AM

  • कम्बोडिया-भैरहवा सिधा उडान गर्न कम्बोडियाली समकक्षीसँग पर्यटनमन्त्रीले राखे प्रस्ताव

    कम्बोडिया-भैरहवा सिधा उडान गर्न कम्बोडियाली समकक्षीसँग पर्यटनमन्त्रीले राखे प्रस्ताव


    पर्यटन नेपाल

    सोमबार, १ पुष २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया-भैरहवा-कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् ।

    कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएको शिष्टाचार एवं बिदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया-भैरहवा-कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् ।

    मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतबारे पनि जानकारी गराए ।

    यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थललाई जोड्ने गरी बौद्ध सर्किटु को विकास गर्न सकिने उनले बताए ।

    भेटमा पर्यटन प्रवर्द्धनका लागि दुवै देशबीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो ।

    यस्तै पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडान र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबीच चर्चा भएको थियो ।

    संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend